हेटौंडा । पछिल्लो समय हेटौंडामा दिनाउँदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।  बागमती प्रदेशको राजधानी समते रहेको मकवानपुरमा हिजो मंगलबार ३ जना र आज बिहान २ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार थप हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १० का एक पुरुष र एक महिला थिए भने १ जना उत्तरी थाहा नगरपालिकामा क्वारेन्टिमा बसेका एक २० वर्षीय पुरुष रहेका थिए ।

आज पुष्टि हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर ९ की एक ४६ वर्षीया महिला र मकवानपुर गढी गाउँपालिका वडा नंबर ५ का ७० वर्षीय पुरुष रहेका छन् । उनिहरुलाई हेटौंडा स्थित कर्रा आईसोलेसन वार्डमा ल्याउने तयारी भईरहेको छ ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या ५१ पुगेको जन स्वास्थ्य निरीक्षक हेटौंडाका भोलाप्रसाद चौलागाईले जानकारी दिए । यसैबिच कोरोना संक्रमणमा बृद्धि भएसँगै मकवानपुरमा आजबाट ब्य्टि पार्लर सहित सैलुन, होटल तथा रेष्टुरेन्ट खोल्न निषेध गरिने भएको छ ।  आज हेटौंडामा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।

तर हेटौंडामा यस निर्णयले मात्र नहुने देखिएको छ । यसअघि सरकारले गरेको लकडाउनमा पनि हेटौंडा खुला जस्तो देखिएको थियो । तर हाल दिनहुँ संक्रमितको संख्या बढ्दै जाँदा अत्यावश्यक सेवाबाहेकका सबै बन्द गर्नुपर्ने आवश्यक देखिन्छ ।

यसैबिच आज हेटौंडा उपमहानगरपालिका वडा नंबर १० को सिता भवनलाई शिल गरिएको छ । हिजोमात्र उक्त क्षेत्रको दुईजनामा कोरोना संक्रमण देखिएपछि आज उक्त भवन शिल गरिएको हो । आज हेटौंडामा बसेको कमाण्ड पोष्टको बैठकले उक्त क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।

यसैगरि कमाण्ड पोस्टले रातोमाटे नाका पूर्णरुपमा कडाई गर्ने निर्णय गरेको छ । केहिदिन अघिबाट संक्रमितहरुको संख्या उच्च रहेको जिल्ला पर्सा,रौतहट तथा बारा जिल्लाहरुबाट दिन तथा रातको समयमा दर्जनौ संख्यामा हेटौंडा फर्किरहेका छन् । न उनिहरु क्वारेन्टिमा बसेका छन् न पीसिआर परीक्षणको लागि सम्बन्धित स्थानमा नै गएका छन् । लकडाउन खुले संगै उनिहरु लामो सवारी नचले पनि नाका सम्म साना सवारी मार्फत र तेसपछि पदैल हुँदै हेटौंडा प्रवेश गरेका हुन् । यस कारण हेटौंडा पनि कोरोना संक्रमणको जोखिममा रहेको देखिन्छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशको विभिन्न शहरहरुमा हाल निषेधाज्ञा जारी गरिएको छ । तेसकारण पनि हेटौंडामा संक्रमण बढिरहेको समयमा संक्रमण बढ्न नदिन निषेधाज्ञाको आवश्यक देखिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।