मृगौला पिडित ढकाललाई ५० हजार ३ सय ३३ रुपँया आर्थिक सहयोग गर्दै हेटौंडाका समाजसेवी ईन्द्रप्रसाद संजेल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ का समाजसेवी ईन्द्रप्रसाद संजेलले मकवानपुर गढी गाउँपालिका वडा नंबर ५ सोलुथुमका मृगौला पिडित २८ वर्षीय उद्धवराज ढकाललाई आर्थिक सहयोग गरेका छन् ।

मंगलबार मृगौला पिडित ढकालको घरमै पुगि स्वास्थ्य अवस्थाको जानकारी लिँदै संजेलले ५० हजार ३ सय ३३ रुपँया सहयोग गरेका हुन् ।  मृगौला पिडित रहेका ढकालको थप उपचारको लागि उक्त रकम सहयोग गरिएको संजेलको भनाई रहेको थियो । संजेलले हाल अमेरीका बस्ने सुमीत सन्जेल सहित मुकुन्द फुयाल, प्रदिप फुयाल , प्रयास राई, अच्युत पोखरेल,राजु तिमल्सिना, बिकाश गौतम,श्याम विष्ट लगाएतको सकृयतामा संकलन गरेको उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सन् २०१२ मा बैदेशिक रोजगारमा विदेश गएका ढकाल एक्कासी टाउको दुख्ने समस्या भएपछि जचाउँदा स्वास्थ्यमा समस्या देखिए संगै नेपाल फर्कने समय नपुग्दै सन् २०१४ स्वदेश फर्किएका थिए । भक्तपुरको अस्पतालमा उपचार गराउँदा मृगौलामा केहि खराब देखिएको तर केहि समयमा ठिक हुने डाक्टरले बताएको उनको भनाई थियो । ढकाल घर आएर गाईपालन तर्फ लागेका थिए । तर तेसको केहि वर्षमा एक्कासी टाउको,खुट्टा दुख्ने व्यथाले च्याप्दै गएपछि एक दिन बेहोस् भए । बेहोस् भएपछि उपचरको लागि हेटौंडा अस्पताल सम्म लगिएको थाहा पाएको बताउने उनि काठमाण्डौ वीर अस्पतालमा जचाउँदा दुबै मृगौला फेल भएको जानकारी पाएको बताए ।

७ वर्ष देखि मृगौला पिडित रहेका ढकालले आफ्नो उपचारमा ३० लाख भन्दा बढी खर्च भईसकेको बताए । आफ्नो खेती योग्य जग्गा बचेर डाईलोसिस गराईरहँदा उक्त खर्च भएको उनको भनाई छ । उनले अब मृगौला प्रत्यारोपणको लागि करिब ८० लाख खर्च लाग्न सक्ने डाक्टरले बताएको जानकारी दिए । उनले आफ्नो जिवन रक्षाको लागि सबैलाई सकेको सहयोगको गर्न अपिल गरेका छन् । पिडित ढकालको परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उनको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिनका लागि परिवारले आह्वान गरेका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशकी प्रदेशसभा सदस्य कुमारी मोक्तत,गढी गाउँपालिका अध्यक्ष विदुर हुमागार्ईं,स्थानिय नेता तथा शिक्षकहरुको सहभागिता रहेको थियो । यसैगरि रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हुमागार्ईंले मृगौला पिडित ढकालको लागि आवश्यक सहयोग रहने बताए । उनले सबैलाई थप उपचारको लागि सकेको आर्थिक सहयोगको लागि पनि आग्रह गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।