file photo

कोरोना भाइरसको महामारीका बेला सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च सुनको मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।

हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।