जसरी विश्व निरन्तर विकासको लक्ष्यतर्फ अगाडि बढिरहेको छ, नयाँ प्रविधिलाई ल्याउने नयाँ–नयाँ सफलता प्राप्त हुदै गएको छ । हाल विश्वले उर्जाको आवस्यकता पूर्तिका लागि कोइला र केही हदसम्म सौर्य र वायु उर्जाको प्रयोग गर्दैै आएको छ । तर यी उर्जामाथिको निर्भरता कम गर्न र पहिले भन्दा धेरै स्वच्छ उर्जा उत्पादन गर्ने लक्ष्यका लागि ३५ देश हाल एकै ठाउमा आएका छन् । फ्रान्समा इन्टरनेशनल थर्मोन्यूक्लियर फ्यूजन एक्सपेरिमेन्टल रियाक्टर (आईटीईआर) टोकाम्याक बनाइदै छ । यसको लक्ष्य भनेको भविष्यमा विश्वव्यापी उर्जा स्रोतको रुपमा न्यूक्लियर फ्यूजनको उपयोग गर्न सकिन्छ वा सकिन्न भन्ने पत्ता लगउने रहेको छ । यसको सम्मेलन गत मंगलबार फ्रान्समा सुरु भइसकेको छ । यसमा आईटीईआरका सदस्य राष्ट्रहरु सहभागी भएका थिए ।
किन गरिदैछ यो परीक्षण रु

यो यस्तो मोडल हो जुन सफल भयो भने व्यापारिक प्रयोजनको उर्जा उपलव्ध गराउनका लागि यो रियाक्टरलाई छोटकरी रुपमा बनाउन सकिन्छ वा सकिदैन भन्ने पत्ता लगाउन सकिन्छ । आईटीईआरको ल्याटिन भाषामा अर्थ बाटो हो र यो परीक्षणबाट उत्तम उर्जाका लागि नयाँ बाटो तयार गरिदैछ । टोकाम्याक यस्तो संयन्त्र हो जुन म्याग्नेटिक क्षेत्रको सहयोगबाट न्यूक्लियर फ्यूजन सिर्जना गर्न सक्छ । पारम्परिक तरिकाको स्थानमा फ्यूजन रियाक्सनलाई उर्जा उत्पादनका लागि प्रयोग गर्न सकिन्छ वा सकिन्न यसैलाई लिएर आईटीईआरले यो परीक्षण गरिरहेको छ । खास कुरो के छ भने यो न्यूक्लियर रियाक्सन तारामा हुन्छ भने एक किसिमले आईटीईआर पृथ्वीमै तारा बनाउन गइरहेको छ ।
के हो न्यूक्लियर फ्यूजन रियाक्सन रु
न्यूक्लियर फ्यूजन रियाक्सनबाट १५ करोड डिग्री सेल्सियसको तापमान उत्पन्न हुन्छ । यसबाट यस्तो प्लाज्मा उत्पन्न हुन्छ, जसमा हाइड्रोजनको आइसोटोप्स आपसमा फ्यूज भएर हिलियम र न्यूट्रोन बनाउछ । सुरुमा रियाक्सनबाट ताप उत्पन्न हुन्छ । यसका लागि उर्जाको खपत हुन्छ । तर एक पटक रियाक्सन सुरु भएपछि फेरी रियाक्सनका कारण उर्जा उत्पन्न हुन थाल्छ । आईटीईआर पहिलो यस्तो रियाक्टर हो जसको उद्देश्य न्यूक्लियर फ्यूजन रियाक्सन सुरु हुन जति उर्जाको प्रयोग हुन्छ उत्तीनै उर्जाको रियाक्सनको कारण पछि उत्पादनको रुपमा निक्लिन्छ ।
किन राम्रो हो फ्यूजन रियाक्सन उर्जा रु
पारम्परिक इन्धन र अक्षय उर्जाको स्रोतका अलावा हाल पनि विश्वमा कयौ न्यूक्लियर फ्यूजन रियाक्टर्सले काम गरिरहेका छन् । तर यसका नकारात्मक पक्ष भनेको चुहावट र रियक्टिभ वेस्टको हो । फ्यूजन रियाक्टमा वेस्ट अत्यन्त कम हुन्छ र यो रियाक्सन आपैmमा यती मुश्किल हुन्छ कि यसबाट चुहावट हुने सम्भावना अत्यन्त कम हुन्छ ।
कोइला जस्तो इन्धनको सीमित मात्रा मात्रै पृथ्वीमा बाँकि रहेको छ । यसका कारण कार्बन उत्सर्जन, जलवायु परिवर्तन र ग्लोबल वार्मिङ हुने गरेको छ ।
किन महत्वपूर्ण छ आईटीईआर रु
आईटीईआरमा एकिकृत प्रविधि तथा सामग्रीको परीक्षण गरिने छ । यसको प्रयोग फ्यूजनमा आधारित बिजुलीको व्यापारिक उत्पादनका लागि गरिने छ । ठूलो तहमा यदी कार्बन मुक्त स्रोतको रुपमा परीक्षण सफल भयो भने भविष्यमा स्वच्छ उर्जाको क्षेत्रमा विश्वलाई अभूतपूर्व लाभ मिल्ने छ । पहिलो पटक १९८५ मा यसको परीक्षण बिचार लन्च गरिएको थियो । आईटीईआरको ढाँचा बनाउन यसका सदस्य देशहरु चीन, युरोपेली संघ, भारत, जापान, कोरिया, रुस लगातयका हजारौ इन्जिनियर र बैज्ञानिकले महत्वपूर्ण भूमिका निभाएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।