एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाबाट फरान टोरेस भित्र्याएको पुष्टि गरेको छ । स्पेनिस स्टार टोरेसले सिटीसँग पाँच वर्षको सम्झौता गरेको जनाइएको छ ।

सिटीले २० वर्षीय टोरेसलाई प्रारम्भिक २० मिलियन युरो तथा थप १२ मिलियन युरो दिनेगरी क्लबमा अनुबन्धन गरेको जनाइएको छ । गत मंगलबार नै भ्यालेन्सिया र सिटीबीच सहमति भएको थियो ।

सिटीमा अनुबन्ध भएसँगै टोरेसले सिटी विश्वकै सबैभन्दा आक्रामक टोली भएको बताए । ‘सिटीमा अनुबन्ध हुन पाउँदा म धेरै खुशी छु । सबै खेलाडी आक्रामक टोली जान चाहन्छन्, र सिटी विश्वकै सबैभन्दा आक्रामक टोली हो,’ उनले भनेका छन् ।

टोरेसले २०१९–२० को सिजनमा सबै प्रतियोगितामा भ्यालेन्सियाबाट ६ गोल र सात असिस्ट गरेका थिए । उनले च्याम्पियन्स लिगमा दुई तथा ला लिगामा चार गोल गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।