File photo

हेटौंडा । मकवानपुरमा आज पनि थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ की एक महिला र मकवानपुर गढी गाउँपालिका वडा नंबर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको कोरोना आईसोलेसन बार्डका प्रमुख भोला प्रसाद चौलागाईले जानकारी दिए ।

यो संगै मकवानपुरमा संक्रमितको संख्या ५१ पुगेको छ । हिजो मात्र मकवानपुरमा ३ जनामा कोरोना पुष्टि भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।