file photo

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।

मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेको छ। बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ। रासस/सिन्ह्वा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।