छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८५७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३९ हजार ९७५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ५०९ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १९ लाख नाघेको छ । भारतमा कुल संक्रमित १९ लाख ८ हजार २५५ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म १२ लाख ८२ हजार २१६ जना ठिक भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।