कास्कीको पोखरा महानगरपालिकामा नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा नौ जनामा कोरोना भाइरसको स.क्रमण देखिएको हो। उनीहरु सबै पोखरा महानगरका वासिन्दा रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद बिन्दु शर्माले बताए।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु सबै पुरुष हुन्। उनीहरु १७ देखि ५७ वर्षसम्मका रहेका छन्। योसँगै गण्कडी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ५२ पुगेको छ। अहिलेसम्म एक हजार तनि सय ५४ जना निको भइसकेका छन्। आज संक्रमण देखिका नौ जनालाई आइसोलेसनमा लैजान तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।