एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले हालै खेल जीवनबाट सन्यास लिएका रियल मड्रिडका पूर्वगोलरक्षक इकर क्यासिल्लासलाई सन्देश पठाएका छन् । स्पेनिस मिडिया ‘एएस’मार्फत् अर्जेन्टिनी स्टार मेस्सीले क्यासिल्लासका लागि सन्देश पठाएका हुन् । स्पेनिस गोलरक्षक क्यासिल्लासले ३९ वर्षको उमेरमा ग्बोभ्स बिसाउने निर्णय गरेका हुन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत २२ वर्षे खेल करिअरको अन्त्य गर्ने घोषणा गरेका हुन् ।

मेस्सीले क्यासिल्लासको प्रतिद्वन्द्वी हुन पाउनु गर्वको कुरा रहेको बताएका छन् । ‘इकरले आज सन्यास लिए,’ मेस्सीले भनेका छन्, ‘तर, उनी धेरै अगाडि नै फुबटल इतिहासमा समावेश थिए । ला लिगाका ब्राण्ड मात्र नभएर उनी अन्तर्राष्ट्रिय स्तरमा पनि केही हुन्, जसले स्पेनलाई उपाधि दिलाएका थिए ।’

‘तपाईं साँच्चै शानदार गोलरक्षक हुनुहुन्थ्यो र तपाईंकाे प्रतिद्वन्द्वी हुन पाउनु मेरा लागि गर्वको कुरा हो । पछाडि फर्किएर हेर्दा मलाई लाग्छ हाम्रो प्रतिद्वन्द्वीता धेरै राम्रो थियो । हामी हरेक पटक आमनेसामने हुन्थ्यौं,’ मेस्सीले थपे । १ मे २०१९ मा पोर्टोको अभ्यासको क्रममा उनलाई हर्ट अट्याक भएको थियो । हृदयघात भएपछि उनले कुनैपनि खेल खेलेका छैनन् । तर, पोर्टोले भने सन् २०२९र२० सिजनका लागि पनि उनलाई टिममा राखेको थियो ।

चिकित्सकले नै उनलाई सक्रिय फुटबलमा नजानका लागि सुझाव दिएपछि उनले फुटबल छोडेका हुन् । १६ वर्ष रियलबाट खेलेका उनले तीन पटक च्याम्पियन्स लिग, पाँच ला लिगा, एक पटक विश्वकप र दुई पटक युरोपियन च्याम्पियनसिप जितेका थिए ।

यस्तै उनले स्पेनबाट सन् २०१० को विश्वकप जितेका थिए । सन् २०१६ मा नै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनले पोर्टोबाट भने पाँच वर्ष खेलेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।