सांकेतिक तस्विर

पर्सामा कोरोना भाइरसको सङक्रमणबाट पोखरिया नगरपालिका वडा नंबर ८ की एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु भएपछि गरिएको परीक्षणमा किशोरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनासँग मिल्ने लक्षण उनमा देखिएसँगै मृत्यु भएपछि परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाबको पीसीआर परीक्षणबाट उनमा कोरोना रहेको पुष्टि भएको हो ।

पखाला लागेर अवस्था गम्भीर बनेपछि उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार रिपार्ट पोजेटिभ आएको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।