हेटौँडा । कोरोना संक्रमणमा बृद्धि भएसँगै मकवानपुरमा आजबाट ब्य्टि पार्लर सहित सैलुन, होटल तथा रेष्टुरेन्ट बन्द गरिने भएको छ । आज हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको कमाण्ड पोष्टको निर्णय
१ः टिसिएन रोडमा रहेको सिता भवन शिल गरिएको छ ।
२ः रातोमाटे नाका पूर्णरुपमा कडाई गरिएको छ ।
३ः ढुवानी साधनमा पनि चालक र सहचालक बाहेक अन्य यात्रुहरु ओसार पसार गर्न पाईने छैन ।
४ः सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब र जुम्बालाई पूर्णरुपमा बन्द गरिने छ ।
५ः होटलमा रेष्टुरेण्ट सञ्चालनमा निषेध गरिएको छ ।
६ः पैदल यात्रुहरुलाई पनि मास्क नलगाएको अवस्थामा रु १०० जरिवाना गरिनेछ ।
सचेत रहौं । अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर ननिस्कौं ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।