हेटौंडा । मकवानपुरमा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर १० का स्थानीय एक जना पुरुष र एक जना महिला र थाहा नगरपालिकाको क्वारेन्टिमा बसेका एक पुरुषमा गरि तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएकोमा हेटौंडा १० का दुईजनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनीहरु दुवैजनालाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

यसैगरी आजै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नंबर ६ को क्वारेन्टिनमा बसेका एक २० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा स्थित किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नंबर २३ स्थायी घर भएका थाहानगरमा सटरिंग एबंम वेल्डिङ्ग काम गर्ने पुरूषमा कोरोना पुष्टि भएको निरीक्षक चौलागाईले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।