विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिन विवाह बन्धमा बाँधिएकी छिन् । लामो समयदेखी प्रेमसम्बन्धमा रहेकी फिनल्यान्डकी प्रधानमन्त्री मरिनले पूर्वफुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन् ।

३४ वर्षीया मरिनले १६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । यहि अगस्ट १ मा सम्पन्न भएको विवाहमा ४० जना पाहुना मात्र सहभागी भएको बताइएको छ ।

गएको डिसेम्बरमा मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।