जनस्वास्थ्य विज्ञहरूले सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य क्षेत्रका विभिन्न विषयविज्ञहरूलाई मंगलबार बालुवाटारमा बोलाएर परामर्श गरेका थिए ।

विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न र कतिपयले लकडाउनले पनि नपुग्ने कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सुझाव दिएका छन् ।

छलफलका सहभागी एक विज्ञका अनुसार प्रधानमन्त्री ओलीलाई सरकारले कुनै कारण बिनै लकडाउन खुला गरेको, स्वास्थ्य सुरक्षाका कुनैपनि मापदण्ड नअपनाइरहेको भन्दै चरम लापरबाही भइरहेको प्रतिक्रियाा दिइएको थियो।

चैत ११ गतेदेखि लागु गरेको देशब्यापी लकडाउन साउन ६ गत मध्यरातपछि अन्त्य भएको घोषणा गरिएको थियो। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोना संक्रमित ह्वात्तै बढेपछि अहिले ठाउँ ठाउँमा निषेधाज्ञा र लकडाउन गरिएको छ। प्रधानमन्त्री विज्ञको सुझावमा पुन: लकडाउन गर्ने मनस्थितिमा देखिएको बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।