file photo

देशभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविज्ञविज्ञहरुसँग छलफल गर्दै छन् । छलफलमा संक्रमण नियन्त्रण लागि फेरी देशभर लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा समेत छलफल हुने बताईएको छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

पछिल्लो समय काठमाडौ उपत्यका, पर्सा,रौतहट,धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ । यसैगरि नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भईसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।