हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नंबर ६ को क्वारेन्टिनमा बसेका एक २० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा स्थित किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नंबर २३ स्थायी घर भएका थाहानगरमा सटरिंग एबंम वेल्डिङ्ग काम गर्ने पुरूषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जन स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले जानकारी दिए ।

उनि ५ दिन अघि थाहानगर पुगेका थिए। उनलाई कर्रा आइसोलेसनमा ल्याउने तयारी भइरहेको निरीक्षक चौलागाईंले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।