हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले थाहा नगरपालिका–७, खर्क स्थित सडक खण्डबाट लागूऔषध चरेशसहित तीनजना र एउटा अटोलाई नियन्त्रणमा लिएको हो ।

१८ साउन बिहान साढे ६ बजेको समयमा थाहा नगरपालिकाको चित्लाङबाट काठमाडौंको चन्द्रागिरी नगरपालिकातर्फ जाँदै गरेको प्र नं ३–०३–००१ ह ०२५९ नम्बरको अटोबाट मकवानपुर प्रहरीले चरेश बरामद गरेको जनाएको छ ।

प्रहरीले लागूऔषध चरेशसहित अटोमा सवार थाहा नगरपालिका–७ महादेवखर्कका ३० वर्षीय शुभराज घलान, छापटोलका ३३ वर्षीय नारायण सिं मुक्तान र फेदीगाउँ देउरालीका ४७ वर्षीय अटोचालक कृष्ण बहादुर गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अटोको सिट मुनी लुकाई राखेको अवस्थामा १२ किलो ९३२ ग्राम चरेशसहित उनिहरूलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए । उनिहरूलाइ लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।