भीमफेदि/भीमफेदि गाउँपालिका स्वास्थ्य कार्यक्रम अनुसार गाउँपालिकाको एक स्वास्थ्य केन्द्र तथा चार स्वास्थ चौकि र दुई एकाईमा समेत रोटा भ्याक्सिन जनचेतना प्रहसन सहित बिश्व स्तनपान दिबस समेत मनाएको छ ।

गाउँपालिकाका सानुटार भैंसे,भैसेबजार,निबुवाटार,भीमफेदी,सुपिङ्ग,कोगटे,ईपा,नामटारमा सो दिबस कार्यक्रम सहित मनाएको हो ।


कार्यक्रममा दुई प्रकारका मुखमा लगाउने मुखौटा प्रयोग गरि स्तनपान गराउदै आएका आमा र बच्चालाई आमन्त्रित गरि सरसफाई ,बालबालिका स्याहार तथा नियमित खोपबारे अभिमुखिकरण गरेका थिए। बालबालिकालाई आमाको दूध सर्बोतम आहार हो भन्ने शन्देश प्रदान गरेको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका मेडिकल अधिकृत डा।प्रबिण पाठकले बताए ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता