भीमफेदी/भीमफेदी गाउँपालिका केन्द्र भीमफेदी बजारमा लकडाउन सुरूवातमा यातायात भाडाको सहुलियत देखाउदै गाउँपालिका बजार अनुगमन समितिले दिएको मूल्य बृद्वि सहमति लकडाउन अन्त्य र बजार यातायात सहज हुँदा पनि समायोजन नभएको चौतर्फी आवाज उठेको छ ।

हाल पनि दैनिक उपभोग्य बस्तु,तरकारि,तथा मासु जन्य सामग्रिको लकडाउनमा बढाएको अतिरिक्त मूल्य भन्दा बढिमा बिक्रि गर्दै आइरहेका छन् ।

प्रदेश राजधानी हेटौडामा पाईने पन्ध्र सय पचासको चामल अहिले भीमफेदी बजारमा सत्र सय पचासमा बिक्रि भएको छ।एकसय चालिसको सोयाबिन तेल हाल एक सय साठ्ठि लिने गरेको पाइएको छ। तरकारीको मृल्य आकसिदो छ।

सुर्तिजन्य पदार्थ चुरोट,गुटका तथा मदिरामा पचास प्रतिशत मूल्य बृद्धि कायम रहेको छ।लकडाउन समयमा सुर्तिजन्य चुरोट गुटका र मदिरामा बिक्रीवितरण कडाई भएको र गैर प्रकृयाबाट उपलब्ध भएको भनी पचास प्रतिशत बढेको मूल्य सहज हुँदा समेत घटेको छैन।

गाउँपालिकामा प्रकोप बजार अनुगमन समिति भए पनि कुनै अनुगमन तथा मूल्य नियन्त्रण गरेको पाएको छैन।

सवारी यातायातमा भाडादरमा पचास प्रतिशत मूल्य बढाएर दुरीकायम गरि यातायात सहज गराउने भनियता पनि बसमा यात्रु कोचिने तर भाडा भने बढेकै दरमा लिने गरेको छ।यस प्रति सम्बन्धित निकाय तथा प्रशासनले कुनै तदारूकता देखाएको देखिदैन।

यातायातमा हिडने यात्रुले न मास्क सेनेटाईजरको उपयोग गर्छ न यातायात सञ्चालकले नै निश्चित सिट ब्यबस्थापन र मास्क सेनेटाईजर अनिवार्यता गरेको छ।लाग्छ कोरोनाको कारखाना यहि यातायात साधन बन्ने छ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता