file photo

हेटौंडा । बागमती प्रदेशमा एक वर्षमा सवारी दुर्घटनाबाट ४ सय ३३ जना मानिसहरुले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा काठमाण्डौ उपत्यका. बाहेकका १० जिल्लामा सवारी दुर्घटनामा ४ सय ३३ जनाले ज्यान गुमाएका हुन् ।

सडकको जिर्ण अवस्था, चालकको लापरबाही, राज्यको कमजोरी, सर्वसाधरणको कमजोरी, ओभरलोड, रुटपरमटि नलिनु, ओभरटेक, लाइसेन्सविना सवारीका साधन चलाउनु, मापसे गरेर सवारी साधन चलाउने लगायतका कारणबाट ४ सय ३३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । यो एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी २ हजार २१ जना घाइते भएका छन् ।

यसैगरि एक वर्षको अवधिमा एक हजार २ सय ४४ वटा दुर्घटना भएको उनले बताए । सवारी दुर्घटना न्युनिकरणका लागि यातायात व्यावसायी, ट्राफिक प्रहरी लगायतकाले धेरै प्रयास गरेपनि दुर्घटनामा ज्यान गुमाउनेको सख्या भने घट्न सकेको छैन । सवारी दुर्घटनामा सबै भन्दा बढी चितवन जिल्लामा एक सय १५ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

सवारी दुर्घटनामा मकवानपुरमा ६७ जनाको मृत्यु भएको छ । यसैगरि सिन्धुपाल्चोक जिल्लामा ५१ जना, रामेछापमा १४ जना, दोलखामा १५ जना, काभ्रेमा ५९ जना, धादिङमा ५५ जना, नुवोटमा १२ जना र रसुवामा सबैभन्दा थोरै ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।