हिजो बेलुकी ६ बजे नारायणी पुलबाट हाम फालेकी युवती १४ घण्टापछि सकुशल भेटिएकी छन् । हिजो साँझ पुलबाट नदिमा हाम फालेकी युवती आज भरतपुर ४ रामघाट स्थित जंगलमा सकुशल भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

बिहान ८ बजेको समयमा मर्निङ वाकमा निस्किएका व्यक्तिले युवती चिच्याएको सुनेपछि उनको उद्धार भएको हो । पारिवारिक समस्याका कारण नदिमा हाम फालेकी उनी पौडिएर किनारामा निस्किएको प्रहरीको अनुमान छ ।

युवती अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेकी छन् । उनी हिजो नारायणी पुलको गैँडाकोट तर्फ पर्ने भागबाट हाम फालेकी थिइन् । युवती चितवनकै हुन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।