unn.prixa.net

मोरङ – मोरङको कोशी अस्पताल आइसोलेशनमा थप एक जनाको ज्यान गएको छ । उदयपुरका ५५ वर्षका पुरुषको ज्यान गएको हो । स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति ज्यान गएको कोशी अस्पतालका डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।

मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । हिजो विराटनगर-५ का ७७ वर्षका पुरुषको कोरोनाको सङ्क्रमणबाट ज्यान गएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।