अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये अधिकांश प्रहरी कर्मचारी रहेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको हो । उनीहरुमध्ये मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।