सोमबार सेयर बजार ७ दशमलव ५९ अंक बढेर बन्द भएको छ । आइतवार दिनभरि घटेर बन्द भएको बजार सोमबार बढेर बन्द भएको हो।

१ हजार ३ सय ९५ विन्दुबाट सुरु भएको सुचक २१ मिनेटमा यस दिनकै न्युन १ हजार ३ सय ८४ दशमलव ९७ विन्दुभन्दा तल नपुगी बन्द भएको छ। कारोबार भएको ४५ मिनेट अवधिमा सुचक यस दिनकै उच्च १ हजार ४ सय ११ दशमलव २० विन्दुमा पुगेको थियो।

तर सो विन्दुमा पाँच मिनेटपनि टिक्न नसकी सुचक घट्दै अन्त्यमा १ हजार ४ सय ३ दशमलव ८६ विन्दुमा बन्द भएको छ। गत केहीदिन देखि नाफा बुक गरेका लगानीकर्ताहरुले पुन सेयर खरीद गर्दा बजार बढेको एक लगानीकर्ताले बताए। नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको काम गर्न पूर्वाधार बनाउन निर्देशन दिइसकेको छ। अब, कोषले पुर्वाधार बनाएर छिट्टै डिलरको काम गर्ने सुचना आएसँगै बजार बढ्न सहयोग पुगेको उनले बताए।

सोमबार १ सय ९० कम्पनीको १ अर्ब २९ करोडको कारोबार भएको छ। प्रभु बैंकको संस्थापक सेयरको सबैभन्दा बढी ३४ करोड २९ लाखको सेयर कारोबार भएको छ। दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको १० करोडको कारोबार भएको छ।

अजोड इन्स्योरेन्सको सेयर मुल्यले दोस्रो दिनपनि सकारात्मक सर्किट लगाएको छ । कम्पनीको मुल्य प्रतिकित्ता ३ सय ५२ रुपैयाँ कायम भएको छ। आरम्भ चौतारी र नेपाल फाइनान्सको सेयर मुल्य करिब १० प्रतिशत बढेको छ भने घाटाको वित्तीय विवरण सार्वजनिक गरेको दिव्यश्वरी हाइड्रोपावरको सेयर मुल्य ६ दमलव ८९ प्रतिशतले घटेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।