ट्याटुकै स्वरुपमा नेपालका नेवारी समुदायले धेरै लामो समयदेखि शरीरका विभिन्न भाग रंगाउने गर्दै आएका थिए । हाल यो आधुनिक रुपमा विश्वभरीनै शरीरका विभिन्न भागमा ट्याटुको रुपमा बनाउन थालिएको छ । यो ट्याटु अन्य मानिसलाई आकर्षित गर्नका लागि शरीरका विभिन्न भागमा बनाइन्छ । तर पछिल्लो समयमा मानिसले यस्तो भागमा ट्याटु बनाउन थालेका छन् कि जसलाई थाहा पाएपछि तपार्इं पनि आश्चर्यमा पर्नु हुन्छ ।

आजकल मानिसले मुखभित्र तालूमा गोप्य ट्याटू बनाउन थालेका छन् । तपाईलाई यस कुराको एकिन नहुन सक्छ, तर यो पुरै सत्य हो । सोशल मिडियामा यस्तो कयौ किसिमको तस्बिर तथा भिडियो भाइरल भइरहेका छन्, जसमा मानिसले मुखभित्र ट्याटू बनाइरहेका छन् ।

मुखभित्र ट्याटू बनाउने यो नयाँ तरिका बेल्जियमका सुप्रसिद्ध ट्याटू कलाकार इन्डी बायटले गरेका हुन् । बायटले यसका लागि ५ वर्षदेखि काम गरिरहेका छन् । मुखभित्र ट्याटू बनाउनु अत्यन्त कठिन काम हो ।

मुखभित्र तालूमा ट्याटू बनाउने प्रविधिको बारेमा जब मानिसलाई थाहा भयो, मानिसले यस किसिमको ट्याटू पनि बनाउन थाले । आजको समयमा ट्याटू व्यापक प्रचलित भइसकेको छ । जसरी शरीरको बाहिरी भागमा ट्याटू बनाउदा छेद्ने गरिन्छ, त्यसैगरी मुखमा ट्याटू बनाउदा पनि सुईबाट छेद्ने गरिन्छ । मुखमा ट्याटू बनाउदा नदुखेपनि यो बनाएपछि मसलेदार भोजन र कडा अल्कोहलको सेवन केही दिनका लागि बन्द गर्नुपर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।