file photo

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली निजी निवास बालकोट पुगेका छन्। बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा बढी छलफल सकेर प्रधानमन्त्री ओली बालकोट पुगेका हुन्।

२१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली पहिलो पटक निजी निवास पुगेका हुन्। “लामो समय भएको थियो, त्यसैले घर जान मन लाग्यो भनेर जानुभएको हो”, उनका प्रेस सल्लाहकार सूर्य थापाले भने।

मिर्गौला प्रत्यारोपण गराएपछि सरकारी निवास बालुवाटारबाटै औपचारिक तथा अनौपचारिक भेटवार्ता गरिरहेका प्रधानमन्त्री ओली १३ साउनमा उपाध्यक्ष वामदेव गौतमको निवास भैसेंपाटी पुगेका थिए।

आफ्नै निवास बालकोटमा मिर्गौला प्रत्यारोपण गर्नु अगाडि बालकोट गएका थिए। आजै प्रधानमन्त्री ओली मन्त्रिपरिषदको बैठकमा सहभागी हुनेछन्। साँझ पाँच बजे नियमित मन्त्रिपरिषद बैठक बस्नु अगाडि बालकोट पुगेका हुन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।