file photo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भोलि (मंगलबार) पुनः बस्ने गरी सकिएको हो।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ सहभागि बैठकमा प्रचण्ड र खनालले पार्टी भित्रको बैठक स्थायी समिति बैठकबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए।तर, अहिले सचिवालय बैठकले विवाद निरुपण गर्नुपर्ने बताएका थिए। ‘प्रधानमन्त्रीज्यूले विवाद सचिवायलले टुंगो लगाउनुपर्ने र त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नुपर्ने बताउनुभयो,’ बैठकमा सहभागि एक नेताले भने।

अन्य नेताले भने पहिले सहमति गरेर विवादलाई स्थायी कमिटी बैठकमा लैजानुपर्ने बताएका थिए।  नेकपाको विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।