छिमेकी देश भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ८५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३७ हजार ३६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म भारतमा एकै दिन संक्रमित सबैभन्दा धेरै संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १७ लाख नाघेको छ । भारतमा हालसम्म संक्रमित १७ लाख ५० हजार ७२३ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ११ लाख ४५ हजार ६२९ जना ठिक भएका छन् भने ५ लाख ६७ हजार ७३० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।