हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको परेवाभिरबारे अहिले निकै चर्चा परिचर्चा चलेको छ । यसै सन्र्दभमा मकवानपुरका नेताहरु परेवाभीरको विषयलाई लिएर निकै गर्मिलो बहसमा उत्रिएका छन् । यो विषयको सुरुवात बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन् ।

परेवाभीरको सन्र्दभमा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेश सांसदहरु इन्द्रबहादुर बानीया, ओम घलान, सन्त चेपाङ सहित अन्य नेताहरुको समेत प्रतिक्रिया आउने क्रम रोकिएको छ्रैन् ।
परेवाभीरको बहसले सामजिक सञ्जाल फेसबुक समेत तातेको समयमा यो विषयको बहसमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सांसद रामचन्द्र राइले पनि प्रवेश गरेका छन् ।

राईले सामजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै परेवाभीरबाट सडक निर्माणको सन्र्दभलाई राजनीतिकमात्र नभै आर्थिक रुपमा हेरिएकोे भन्दै शंका ब्यक्त गरेका छन् । उनले लेखेका छन “सामाजिक सन्जालमा परेवाभिर निक्कै छाएको पाए ,बाटो बारे मिडियामा किन जुहारी गर्नु जनताले बाटोको सुबिधा पाउनु र्पयो।त्यो नेपाल सरकारले बनाउछ। कुनै पनि स्वार्थ बाट प्रेरित भै बिकास प्रेमी हुनु बेठिक हो ।जनता लाई बाटो चाहियो।त्यो हुन्छ हुन्छ।”
राईको यो स्टाटसपछि उक्त विषयमा सांसद राईलाई प्रश्न समेत गरिएको छ । जवाफमा उनले परेवाभिरको बाटोलाई सरकारले बनाउनेकुरामा विश्वास दिलाउन खोजेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।