एजेन्सी । रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफ्नो छातीमा चौथो सन्तानको नामको ट्याटूँ खोपेका छन् । ३४ वर्षीय रामोसले छातीमा ‘एड्रियानो’ नामको ट्याटूँ थपेका हुन् ।

छातीको बीच भागमा उनले आफ्नो छोराको नामको ट्याटूँ खोपेका हुन् । यसै साता स्पेनिस स्टार रामोस र उनकी पत्नि पिलार रुबियोले चौथो सन्तानका रूपमा छोरालाई जन्म दिएका थिए ।

डिफेन्डर रामोसले चौथो सन्तान छोराको नाम म्याक्सिमो एड्रियानो राखेका छन् । गत आइतबार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोरा र पत्निको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका थिए ।

View this post on Instagram

Gym time 🏋️‍♂️

A post shared by Sergio Ramos (@sergioramos) on


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।