सुनसरी । सुनसरीमा खसी चोरी गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ बेलवारीका रोशन पराजुली, मोरङ सुन्दर हरैचाका डम्बरबहादुर आले, इलाम माईजोगमाई गाँउपालिकाका विशाल गुरुङ र ताप्लेजुङ बाखो खोपातालका विवेक तामाङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई खसी चोरेर भाग्दै गर्दा पक्राउ गरेको जनाइएको छ । उनीहरुले धरान १३ का आसबहादुर गुरुङको  खसी चोरेर भागेका थिए । प्रहरीका अनुसार उनीहरुको साथबाट एउटा टेम्पो र दुईवटा खसी बरामद गरेको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।