दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन्।  कोरोना महामारीको संक्रमण बढ्दो रूपमा देखिएपछि दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो।

शिक्षा मन्त्रालयका अनुसार २७ जुलाईदेखिको विलालय बन्दको निर्णय अगष्ट महीनाको अन्त्यसम्म नै कायम रहने छ। सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिएका हुन्।

दक्षिण अफ्रिकामा आजसम्म ५ लाख ११ हजारभन्दा बढीमा कोभिड-१९ पोजिटिभ देखिएको छ। यहाँ ८ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।