File photo

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारी लामो समयसम्म जाने र यसको असर सुदूर भविष्यसम्म रहने चेतावनी शनिवार दिएको छ । कोभिडका विषयमा अन्तर्राष्ट्रिय स्तरमा चेतावनी दिएको ६ महिनापछि संगठनको आपतकालीन समितिले समीक्षा बैठकपछि यो कुरा बताएको हो ।

समितिले कोभिड–१९ महामारीको समयावधि लामो समयसम्म जाने विषयलाई उजागर गरेको छ, संगठनले बयान जारी गरेर बतायो । विभिन्न देशमा सामाजिक तथा आर्थिक दबाबका कारण कोरोना व्यवस्थापन सुस्त हुने खतरा रहेको पनि उसले बतायो ।

‘विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वव्यापी जोखिम स्तर अत्यन्त उच्च रहेको मूल्यांकन गरेको छ,’ संगठनले बैठकपछि जनायो ।

कोरोनाभाइरसले विश्वभरि लगभग सात लाख मानिसको ज्यान लिइसकेको छ ।  संक्रमण रोक्नका लागि विभिन्न देशले कठोर लकडाउनहरू लगाइरहेका छन् जसकारण अर्थतन्त्रहरू निकै सुस्त बनेका छन् । एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।