File photo

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्‍वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ४३ जना भक्तपुरमा ५ जना र ललितपुरमा ३ जना गरी ५१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दो क्रममा रहेको छ । नेपालमा भने आज कुल ४१८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।