एजेन्सी । कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पापछि अब उनकी छोरी पनि कोरोना पोजेटिभ पाइएकी छिन् ।

समाचार एजेन्सीका एएनआईले बेंगलुरुको मनिपाल अस्पताललाई उद्धृत गर्दै उनलाई पनि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

७७ वर्षीय येदियुरप्पा पनि मनिपाल अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्यस्थिती स्थिर छ र उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको  छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।