इनफ इज इनफका अभियन्ता ई लाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार आज बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको हो । उनलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको इनफ इज इनफका अभियन्ताहरुले जानकारी दिएका छन् ।

ईले अबको सत्याग्रह अस्पतालबाट नै निरन्तरता दिने निधो गरेको इनफ इज इनफ अभियानले जानकारी दिएको छ ।  शतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, कोरोना व्यवस्थापनमा गरेको खर्चको विवरण सरकारले पारदर्शी बनाउनुपर्ने लगायतका माग राख्दै ई विगत १७ दिनदेखि वसन्तपुर दरबार स्क्वायरमा सत्याग्रहमा बसेका थिए ।

बसन्तपुरमा सत्याग्रह बसिरहेका बेला उनलाई काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, गगन थापा, राप्रपा अध्यक्ष कमल थापा लगायतले भेटेर युवाहरुको माग र आन्दोलनमा एक्यबद्धता जनाएका थिए ।  यस अघिको सत्याग्रहमा सरकारसँग सहमति गरेर टुंगाएपनि सरकारले सहमति गरेका मागहरु पुरा नगरेको भन्दै उनी दोस्रो पटक सत्याग्रहमा बसिरहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।