file photo

कोरोना भाइरसका कारण स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० को आयोजना युएईमा हुने भएपछि भारतीय क्रिकेट कन्ट्रोल बारे यस बारेमा बिस्तृत निर्णय लिएको छ । आइतबार बसेको आइपिएल गभर्निंग काउन्सिलको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने भएको छ । आइपिएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ । त्यस्तै आइपिएल ५३ सम्म खेलिने छ । त्यस्तै यस पटक एक दिनमा २ खेल खेलिने बोर्डले निर्णय गरेको छ । त्यस्तै पहिलो खेल नेपाली समय अनुसार दिउसो ३:४५ खेलिने भएको छ भने दोस्रो खेल राति ७:४५ बजे खेलिने छ ।

त्यस्तै फ़्रेन्चाइजीलाई जति चाह्यो त्यति नै खेलाडी कोरोनाको सट्टा बदल्न सक्ने नियम बनाउन सकिएको छ । साथै फ़्रेन्चाइजी टिम अगस्त २७ मा युएईका लागि प्रस्थान गर्ने तालिका बनाइएको छ ।

यसका साथै यस बर्ष महिला आइपिएल पनि हुने र यसका लागि चार टिम बनाइएको छ । साथै आइपिएलका शुरुवाती खेल बिना दर्शक खेलाइने भएपनि अन्तिम चरणका खेलमा दर्शकलाई स्टेडियममा प्रवेश दिने बारेमा छलफल भइरहेको बताइएको छ ।

साथै खेलको विस्तृत  तालिका आज सार्बजनिक हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यस अघि २०१४ मा पनि भारतमा आम निर्वाचन भएका बेला युएईमा नै आइपिएलका शुरुवाती चरणका खेलहरु भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।