हेटौँडा । मकवानपुरको छिमेकी जिल्ला पर्सा तथा बारमा कोरोनाको संक्रमण तथा मृत्युहुनेको संख्या ह्वात्तै बढेपछि त्यसको असर मकवानपुरमा समेत पर्ने संभावना देखा परेको छ ।

विरगञ्जनमा पछिल्लो १० दिनमा ११ जनाको कोरोनाको कारण ज्यान गएपछि मकवानपुरपनि कोरोना संक्रमणको खतरामा परेको हो । मकवानपुरको अधिकांश व्यवसायहरु बिरगञ्जसँग सोझै सम्पर्कमा हुने भएको कारण पनि विरगंञ्ज हेटौँडा आवतजावत बाक्लो हुने गरेको अवस्थामा कोरोना संक्रमणको दर बढ्ने संभावना भएको हो ।

सरकारले १ सय २० दिनको लडकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण दर बढेको हो । लकडाउन खुलेपनि सरकारले आग्रह गरेअनुसार नागकिहरुले माक्स, सेनिटाईजर नलागाउने, भिडभाड गर्ने परिपाटीको विकास हुँदा यसको असर अब देखिनसक्ने संभावना बढ्दै गएको छ ।
कोरोना संक्रमणबाट मकवानपुरलाई सुरक्षित राख्नको लागि जिल्ला प्रशासन कार्यलयले पनि हालका दिनमा कुनै बैठक या योजना सार्वजनिक गर्न सकेको छैन भने मकवानपुरका केहि विद्यालयले आफुखुसी विद्यालयहरुनै सञ्चालन गरेर विद्यार्थीको स्वास्थ्य अवस्थामाथि नै खेलवाड गर्ने प्रयत्न समेत गरेको पाईएको छ ।

मकवानपुर जिल्लासँग सिमाना जोडिएका दुई नंबर प्रदेशको सिमालाई केहि समय सिल नगर्ने हो भने मकवानपुर पनि कोरोनाको इपीसेन्टर बन्न सक्ने संभावना बढेको कारण यो विषयमा यहाको स्थानीय प्रशासन गम्भिर बन्नुपर्ने देखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।