हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का समाजसेवी इन्द्रप्रसाद सञ्जेलले आफ्नो पहलमा मकवानपुरका एकजना क्यान्सर पीडित विरामीलाई उपचारको लागि सहयोग हस्तान्तरण गरेका छन् ।
सञ्जेलले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ निवासी राजकुमार दाहाललाई उनकै घरमा पुगेर ५५ हजार ५ सय ५५ रुपैँया सहयोग हस्तान्तरण गरेका हुन् ।

सञ्जेलले हाल अमेरीका बस्ने सुमीत सन्जेल सहित मुकुन्द फुयाल, प्रदिप फुयाल , प्रयास राई, अच्युत पोखरेल,राजु तिमल्सिना, बिकाश गौतम,श्याम विष्ट लगाएतको सकृयतामा संकलन गरेको उक्त रकम हस्तान्तरण गरेका हुन् ।
क्यान्सर रोगले थलिएका दाहालको थप उपचारको लागि उक्त रकम सहयोग गरिएको सञ्जेलको भनाई रहेको थियो । मुखको क्यान्सर भएका दाहालको उपचारको लागि अचmै लाखौँ रकम आवश्यक रहेको कारण पनि उनको उपचारको लागि सहयोग गरिएको उनले बताए । आफ्नो श्रीमानको जीवन बचाउनको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै राजकुमारकी श्रीमती कल्पना दाहालले श्रीमानलाई क्यान्सर भएको कारण घर चलाउनै मुस्किल भएको बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।