file photo

अनिष चौलागाई, हेटौंडा / कोरोना महामारी अघि भिड रहने हेटौंडाको पुष्पलाल पार्क सरकारले लकडाउनको घोषना पस्चात सुनसान रहेको छ । सरकारले पार्क लगायत धार्मिक क्षेत्रहरु भदौ १ गतेबाट संचालन गर्ने निर्णयसंगै पुष्पलाल पार्क पनि खुल्ने भएको छ । मकवानपुरमा रहेको सहिद स्मारक पार्क र चिल्डेन पार्क खुल्ला रहेपनि पुष्पलाल भने अझै बन्द नै रहेको छ ।

कुनै समय हेटौंडाको पुष्पलाल पार्क भन्ने बित्तिकै मान्छेले नाक खुम्च्याउने गर्थे, कारण थियो अनैतिक क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अड्डा। अहिले त्यहि पुष्पलाल पार्कमा मानिसहरू पुग्नको लागि आतुर हुनेगरेका छन् । सुख-दुःखका गफदेखि पढ्नेसम्म स्थान बन्ने गरेको छ, पुष्पलाल पार्क । प्रेमिल जोडिदेखि बृद्दबृद्दाको भिड देखिने पुष्पलाल एक्लीएको छ । प्रदेश ३ को राजधानीमा रहेको पुष्पलाल पार्कमा बन्दाबन्दि अघि दैनिक ३ सयदेखि ५ सयसम्म मान्छे पुग्नेगर्थे। शनिबार साँझ त खुट्टा टेक्ने ठाउँ नै नहुने पार्क अहिले सुनसान रहेको छ ।

 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैँचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो। पुष्पलालमा पुष्पलाल स्मृति पुस्तकालयसमेत सञ्चालित रहेको छ । केहि वर्षअघिसम्म हेटौँडा–५ मा रहेको पुष्पलाल पार्क लागूऔषध दुर्व्यसनी तथा युवकयुवतीको अनैतिक क्रियाकलाप गर्ने थलोको रुपमा बदनाम थियो। तर, अहिले परिचय फेरिएको छ। ५-६ वर्षको अवधिमा शान्त, स्वस्थ तथा पारिवारिक मनोरञ्जन गर्ने स्थलको रुपमा पार्कलाई परिणत गरिएको पार्कको व्यवस्थापन पक्ष हेरिरहेका ब्रम्हकुमारी मकवानपुरका केन्द्रिय प्रशिक्षक तथा राजयोग सेवा केन्द्रका संरक्षक विजय राज सिग्देलले जानकारि दिए । पार्कमा ४० बढि थरीका गुलाव, ३ सय ५० प्रकारका फूल रोपेर सजाइएको छन्।

पार्कको रेखदेख तथा संरक्षणको लागि ४ कर्मचारि रहेका र कर्मचारिलाई ३० हजारसम्मको खर्च हुने संरक्षक सिग्देलले खबरब्रेकलाई बताए । कर्मचारि खर्च बाहेक पार्कमा मर्मत,पानि र विद्युत लगायत गरेर जम्माजम्मी मासिक ५० हजार खर्च हुने सिग्देलले बताए । पार्कलाई हेटौंडा उपमहानगरपालिकाले वार्षिक ५ लाख बजेट उपलब्ध गराउने गर्छ । साथै पार्कको आम्दानीमा त्यहा संचालित पसलबाट मासिक ६ हजार र पार्कमा रहेको पोखरीमा संचालित डुङ्गाबाट सामान्यता मासिक १०-१५ हजार हुने सिग्देलले बताए ।त्यस्तै पार्कमा अमेरिकन परेवा रहेको र कसैले उडाउन चाहेमा ३५ सयमा जोडि परेवा समेत किन्न सकिने उनले बताए ।

पार्कमा डिप बोरिङमार्फत पानी निकाली पोखरीमा २ वटा डुंगासमेत सञ्चालनमा छन् ।यहा प्रवेश निःशुल्क छ भने डुंगा चढ्न चाहनेले निश्चित दरले शुल्क तिर्नुपर्ने हुन्छ। पार्कमा भगवान् शिव शंकरको मूर्ति त्यस्तै गौतम बुद्दको मुर्ति र स्व पुष्पलाल श्रेष्ठको सालिक समेत निर्माण गरिएको छ । पार्कस्थलमै बैठक हलसमेत निर्माण गरिएको र त्यस हललाई जुनसुकै संस्थाले निःशुल्क उपयोग गर्न सकिने व्यवस्था छ। पार्कको बीचमा रहेको तलाउमाथि ध्यान केन्द्रसमेत रहेको छ। वि.सं. २०७१ सालबाट व्यवस्थापन पक्ष ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले लिएदेखि पार्कको मुहार फेरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।