साताको पहिलो दिन आज सेयर बजार ४२ अंकले घटेको छ। १४४२ अंकबाट कारोबार सुरु भएको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १३९६ अंकमा आइपुगेको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक फेरि १३ अंकबाट तल आइपुगेको छ। मौद्रिक नीति घोषणा भएपछि उछाल आएको नेप्से गत सातादेखि निरन्तर घट्दो क्रममा छ।

परिसूचक ४२ अंकले घटे पनि आज १ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। यसक्रममा ४६ लाख ६१ हजारभन्दा बढी सेयर किनबेच भएको छ।

आज नेप्सेमा सूचीकृत भई कारोबार भएका सबै समूह ओरालो लागेका छन्। जसमध्ये सबैभन्दा बढी जिवन बीमा समूह २८३ अंकले घटेको छ। यस्तै, निर्जिवन बीमा कम्पनीहरुको समूह २३१ अंकले ओरालो लागेको छ।

सेयर बजार राताम्मे बनेपछि आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। उनीहरुले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका हुन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।