इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला लगायतका खेलाडीलाई आराम दिएको खेलमा युभेन्टस एएस रोमासँग ३-१ गोल अन्तरले परजित भएको हो ।

रोमाको जितमा डिएगो पेरोटीले दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि गोन्जालो हुगैनले एक गोल गरेका थिए ।

योसँगै लिग जितेपनि युभेन्टसले अन्तिम खेलमा हारे बेहोर्दै यो सिजना सकाएको छ । ३८ खेलमा ८३ अंकसहित युभेन्टसले लिग सकाएको छ । त्यस्तै रोमाले भने ३८ खेलमा ७० अंक हासिल गर्दै पाँचौ स्थानमा यो सिजन सकाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।