हेटौँडा । कोरोनाको कारण नेपालमा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएपनि मकवानपुरमा भने लापरबाहीले सिमा नाघेको छ ।
मकवानपुरको हेटौँडा भएर विभिन्न स्थानीय तह तथा हेटौँडाकै विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातको साधनले कुनैपनि स्वास्थ्य उपायहरु अवलंवन नगरि यात्रु ओसार्न थालेका छन् ।

कोरोनाको कारण सरकारलेनै सार्वजनिक यातायात सञ्चालनको लागि मापदण्ड बनाएको छ । तरर सरकारको मापदण्डमा रहेको भाडामात्र बृद्धि गर्ने तर कुनैपनि स्वास्थ्य सावधानी नअपनाउने, कोचाकोच यात्रु राखेर उनीहरुको स्वास्थ्यमा खेलवाड गर्न मकवानपुरका यातायात ब्यवसायी तछाडमछाड लागि परेका छन् ।

यसबारे खबरब्रेकले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई प्रतिक्रिया लिन खोज्दा उनले आफुले यस विषयमा ट्राफिक प्रहरीलाई भनिसकेको बताए । तर ट्राफिक प्रहरी कार्यालय मकवानपुर भने जनशसक्ति अभावको बाहना बनाउदै पन्छीने गरेको पाईएको छ ।

हेटौँडा भएर पूर्वि मकवानपुरको बकैया, बागमती चल्ने अधिकांश बसहरुमा यात्रुहरु कोचेर लागे गरिएको छ भने हेटौँडाबाट विभिन्न स्थान जाने म्याजिक, अटो लगाएतका यातायातको साधनमापनि उत्तिकै भिडभाड देखिने गरेको छ । यसबारे हेटौँडाका केहि नागरिकहरुले सामजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण समेत गरेका छन् । हेटौँडा ३ का विकास उप्रेतीले हेटौँडामा चल्ने म्याजिकले कोरोनाको संक्रमण फैल्याउने खतरा रहेको भन्दै आफ्ना भनाई ब्यक्त गरेका छन् ।
कोरोना संक्रमणलाई कम गर्न समयमै अग्र मोर्चामा खटिन सकिएन भने १२० दिनको लकडाउन समेत ब्यर्थ हुने आम नागरिकको बुझाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।