भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहले सामाजिक संजालमा आफु कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

उनले आफुलाई कोरोनाका शुरुवाती लक्षण देखिएपछि गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको जानकारी दिएका छन् ।

गृहमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुन् लागेको बताएका छन् । साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोनाको परिक्षण गर्न र तुरुन्त आइसोलेट हुन आग्रह गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।