१८ साउन । पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त हुँदै घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार आज थप १११ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । संक्रमितमध्ये ७१.८ प्रतिशत निकाे भएकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ । आइतबार थप २४६ जनामा कोरोना पोजिटिभ देखिएकाे हाे । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ पुगेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।