गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङजामा ८, तनहुँमा २,लमजुङ ३, बाग्लुङ १ र कास्कीमा ६ जना रहेका छन् । कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ५०४ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार २५४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आईसोलेशनमा रहेकाको संख्या २२७ रहेको छ ।

प्रदेशमा संक्रमण भएका १ हजार ४३५ जना मध्ये अहिलेसम्म १ हजार ३२५ जना पुरुष र १७८ जना महिला रहेका छन् ।प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३१५ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १/ १ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका ९ ओटा  जिल्लामा १ हजा ५३७ जना क्वारेन्टानइमा रहेका छन् । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४जनाको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।