अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट लकडाउन लागू हुने घोषणा गर्नुभएको हो ।

नयाँ नियम अनुसार राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुनेछ । मानिसहरुलाई घरमै बस्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नागरिकलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जाने अनुमति दिइनेछैन अति आवश्यक कामका लागि एउटा घरका एक जनालाई मात्र अनुमति दिइएको छ । आइतबार भिक्टोरियामा ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

यो सँगै अस्ट्रेलियामा संक्रमितको संख्या ११ हजार ५ सय ५७ पुगेको छ भने मृतकको संख्या १ सय २३ पुगेको छ । देशको अन्य स्थानको तुलनामा भिक्टोरियामा संक्रमण तीब्र रुपमा बढेका कारण प्रतिबन्धको दायारा बढाइएको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।