हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका कार्यालय सदस्य तथा नेपाल बुद्धीचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठले आफ्नो जन्मदिन आज हेटौंडाको ओम बृद्धाश्रममा सहयोग गरेर मनाएका छन् । नेकपा मकवानपुरका नेता श्रेष्ठले विगत पाँच वर्षदेखि बृद्धाश्रममा जन्मदिन मनाउँदै आएका छन् ।

आफ्नो जन्मदिनका अवसरमा शनिबार बृद्धाश्रमलाई नगद १५ हजार रुपैयाँ सहयोग गर्दै जन्मदिन मनाएका हुन् ।

बृद्धाश्रम निर्माण गर्नका लागि सुरुवात देखिनै सहयोग गदै आएका श्रेष्ठले थोरै भएपनि बृद्धबृद्धाहरुलाई खाना खुवाउनका लागि सहयोग पुगोस भनेर सहयोग गरेको बताए ।

बृद्धाश्रमका अध्यक्ष बुद्धी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देल, हेटौंडा १ का वडासदस्य बेगम वराल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल बुद्धीचालसंघका धरम लामा लगायतकाको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।