बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना मुक्त भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका बच्चन आइतबार संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

ट्वीटर मार्फत बच्चनले अस्पतालबाट डिस्चार्ज भएको र अब होम क्वारेन्टाइनमा बस्ने बताएका छन् । बच्चन २८ असारमा अस्पताल भर्ना भएका थिए । डिस्चार्ज भएपछि उनले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।